बुटवल ।
भारतबाट नेपाल आउनेमा कोरोना देखिएको छ । प्रदेश ५ मा देखिएका अधिकांश संक्रमित भारतबाट नेपाल आएका छन् । कपिलवस्तुमा थपिएका कोरोना भाइरस ९कोभिड–१९० का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।
भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । दिउँसो उनको स्वाब संकलन गरेर पठाइएको थियो’ शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।
उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना बुटवल । भारतबाट नेपाल आउनेमा कोरोना देखिएको छ । प्रदेश ५ मा देखिएका अधिकांश संक्रमित भारतबाट नेपाल आएका छन् । कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।
भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । दिउँसो उनको स्वाब संकलन गरेर पठाइएको थियो’ शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए ।
उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्