लकडाउनबारे छलफल गर्न साँझ मन्त्रिपरिषद् बैठक बस्ने

लकडाउनबारे छलफल गर्न साँझ मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं-हाल जारी लकडाउनबारे छलफल गर्न आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठकले लकडाउनको मोडल परिमार्जन हुने वा यसैलाई निरन्तरता दिने विषयमा निर्णय गर्नेछ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने तय भएको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

बैठकपूर्व लकडाउनको मोडल कस्तो रहने भन्ने विषयमा आजै कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ ।

समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ः३० बजे बैठक बस्नेछ ।

समितिकाे बैठकमा लकडाउनलाई कसरी अघि बढाउने र त्यसको मोडल कस्तो बनाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

सोही बैठकले गर्ने निर्णयलाई आजै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पेश गरिनेछ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय सीमा भोलि सकिँदै छ ।

उपप्रधान रक्षामन्त्री एवम् कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले रोकथाम समितिका सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीसँग बिहान ९ बजे पुल्चोकमा बैठक बसेका छन् ।

बैठकमा लकडाउनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भएको थियो ।

त्यही छलफलको आधार र उपप्रधान रक्षामन्त्री एवम् कोरोना –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेको सिफारिस आज बस्ने मन्त्री परिषद्को बैठकमा पेश भएपछि लकडाउनको मोडालिटीकाे विषयमा निर्णय हुनेछ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij