अर्घाखाँची ।
छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकै दिन ५५ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन आइतबार ५५ जना गृह जिल्ला भित्रिएका हुन् ।
कृष्णनगर नाका हुँदै भित्रिएका मध्ये ३७ जना शितगंगा नगरपालिकाका रहेको नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले बताए । ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका र आठजना छिमेकी प्यूठान जिल्लाका रहेका छन्।
भारतबाट आएका सबैलाई स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा राखिएको छ । जिल्ला भित्रिएका अर्घाखाँचीका नागरिकलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् भने प्यूठानका मानिसलाई गृहजिल्ला पठाइएको भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्बासेले बताए ।
शितगंगा नगरपालिकाका सबै पैदल आएका हुन्। कृष्णनगर सिमानामा अलपत्र परेका भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र प्युठानका उनीहरुलाई दुईवटा एम्बुलेन्समार्फत अर्घाखाँची ल्याइएको हो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्