बुटवलमा लकडाउन थप कडा,,आइतवार, मंगलवार र विहिवार अत्यावश्यक सामानका पसल खुल्ने

बुटवलमा लकडाउन थप कडा,,आइतवार, मंगलवार र विहिवार अत्यावश्यक सामानका पसल खुल्ने

बुटवल ।

लकडाउनको समयमा अनावश्यक रुपले घरवाहिर निस्कने तथा विहानी र रात्री हिडाईलाई निरुत्साहित गर्न बुटवल उपमहानगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । असुरक्षित रुपले सामान खरिद विक्री कार्यलाई व्यवस्थित, सुरक्षित तथा सामाजिक दुरी पालनामा कडाई गरिनुका साथै पसल खोल्नका लागि पनि समय तालिका बनाएर व्यवस्थित गरेको छ ।
हप्ताको ३ दिन आइतवार, मंगलवार र विहिवार विहान ९ वजे देखि दिउसो २ वजे सम्म खाद्यान्न, तरकारी तथा फलफुल पसलहरु खोल्ने समय तालिका निर्धारण गरिएको छ ।
यस्तै हरियो तरकारी र फलफुल बुटवल उपमहानगरभित्रको भए सम्वन्धित वडा कार्यालयको सिफारिस र अन्य स्थानीय पालिकामा उत्पादन भएको भए सम्वन्धित पालिकाले स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा प्रत्येक दिन विहान ७ वजे देखि १० वजेसम्म घरघरमा डुलाई विक्री वितरण गर्न पाइने नियम बनाइएको छ ।
दुध तथा डेरी उत्पादन प्रत्येक विहान ७ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ । दुध विक्रेताले उत्पादन र संकलन गरेको स्थल खुलेको सम्बन्धित पालिका वा वडाले गरेको सिफारिस साथमा ल्याउनुपर्ने ब्यवस्था गरिएको उपमहानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
सार्वजनिक सूचना अनुसार कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल, विउ र औषधी पसल आइतवार, मंगलवार र विहीवार विहान ९ बजेदेखि दिउसो २ बजेसम्म खोल्न पाइने छ भने विकास निर्माणसँग सम्बन्धित माल सामान विक्री गर्ने हार्डवेयर पसल हप्तामा ३ दिन आइतवार, मंगलवार, विहीवार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न सकिने ब्यवस्था गरिएको छ ।
सञ्चालन एवं कार्यान्वयन गर्न स्वीकृत पूर्वाधार विकासका कार्यहरु सुरक्षा र सामाजिक दुरीको सुनिश्चितता कायम गरी कामको प्रकृति हेरी समय मिलाएर सबै दिन गर्ने तर कामदार श्रमिकहरुको परिचय खुलेको अभिलेख राखेको हुनुपर्ने छ । यस्तै कृषि औजार उपकरण तथा साधन र ढुवानी साधनको मर्मत सम्भार ५ जनाभन्दा बढी मिस्त्री नरहने गरी प्रत्येक दिन विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गर्न सकिने भने नदीजन्य पदार्थको ढुवानीका लागि प्रत्येक दिन विहान ९ बजेदेखि वेलुका ६ बजेसम्म संचालन गर्न पाइने ब्यवस्था गरिएको छ ।
वैक, वित्तीय संस्था र सहकारीहरुको हकमा प्रत्येक आइतवार, मंगलवार र विहीवार विहान १० बजेदेखि १ बजेसम्म मात्र खुल्ला गर्न सकिने ब्यवस्था गरिएको छ । कोरोनाको उच्च जोखिमवाट आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्न लकडाउनको पालना र सामाजिक दुरी कायम गर्न बुटवल उपमहानगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij