भ्रामक समाचार प्रति रुपन्देही कांग्रेसद्धारा ध्यानाकर्षण,गलत सुचना दिनेलाई कारबाही गर्न माग

भ्रामक समाचार प्रति रुपन्देही कांग्रेसद्धारा ध्यानाकर्षण,गलत सुचना दिनेलाई कारबाही गर्न माग

बुटवल –नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले कोरोना संक्रमित बिरामीका आफन्त र परिवारसंग सार्बजनिक माफि माग्न माग गरेको छ ।
रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणले बुधबार दिउसो बिज्ञप्ती निकाल्दै गुल्मी मदाने ६ पुर्कोटका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भएको भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवारसंग सार्बजनिक रुपमा माफि माग्नुपर्ने बताउनु भएको हो ।
रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ ।
आज बिहानै देखी क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आएपछि अस्पतालले बिज्ञप्ती जारी गरेर उनको मृत्युको खबर झुटो भएको पुष्टि गरेको हो ।
यसअघि सामाजिक विकास मन्त्रीबराल,तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले केही सञ्चार माध्यमहरुमा क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको भन्दै समाचार आएको थियो । तर ती समाचार भ्रमक भएको अस्पतालले जनाएको छ ।

जण्डिस र ज्वारो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij