JanataToday.com

Advertisment

SKIP THIS

भ्रामक समाचार प्रति रुपन्देही कांग्रेसद्धारा ध्यानाकर्षण,गलत सुचना दिनेलाई कारबाही गर्न माग

भ्रामक समाचार प्रति रुपन्देही कांग्रेसद्धारा ध्यानाकर्षण,गलत सुचना दिनेलाई कारबाही गर्न माग

बुटवल –नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले कोरोना संक्रमित बिरामीका आफन्त र परिवारसंग सार्बजनिक माफि माग्न माग गरेको छ ।
रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणले बुधबार दिउसो बिज्ञप्ती निकाल्दै गुल्मी मदाने ६ पुर्कोटका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भएको भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवारसंग सार्बजनिक रुपमा माफि माग्नुपर्ने बताउनु भएको हो ।
रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ ।
आज बिहानै देखी क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आएपछि अस्पतालले बिज्ञप्ती जारी गरेर उनको मृत्युको खबर झुटो भएको पुष्टि गरेको हो ।
यसअघि सामाजिक विकास मन्त्रीबराल,तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले केही सञ्चार माध्यमहरुमा क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको भन्दै समाचार आएको थियो । तर ती समाचार भ्रमक भएको अस्पतालले जनाएको छ ।

जण्डिस र ज्वारो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij