नेपाल बैंकद्वारा ब्याजमा छुट

नेपाल बैंकद्वारा ब्याजमा छुट

काठमाण्डौ
नेपाल बैंक लिमिटेडले गएको चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने भएको छ ।
लकडाउनको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा बि।स। २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा बि।स। २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउने छन् ।
बि.स. २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र यसको हिसाब मिलान बैंकद्वारा गरिने नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधार दर बराबरकै अर्थात् ७।८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij