तिलोत्तमा मिडिया क्लवले गर्‍यो पत्रकारहरुको कोरोना बीमा

तिलोत्तमा मिडिया क्लवले गर्‍यो पत्रकारहरुको कोरोना बीमा

तिलोत्तमा- तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
क्लवले यसका लागि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनज गर्दै कोरोना बीमा गरिएकोे उपाध्यक्ष बीपी गौतमले बताए ।
बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीले जानकारी दिएको छ । “बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा रकम प्राप्त गर्न सकिनेछ”–शर्माले भने ।
जोखिमपूर्ण पत्रकारिता गर्ने दौरानमा पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थप्ने गरी बीमा गरिएको क्लवका सचिव टिआर शर्माले बताए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij