JanataToday.com

Advertisment

SKIP THIS

चौराहा हस्पिटल र शिखर इन्स्योरेन्स बीच कोभिड–१९ बीमा सम्झौता

चौराहा हस्पिटल र शिखर इन्स्योरेन्स बीच कोभिड–१९ बीमा सम्झौता

बुटवल
रुपन्देहीको बुटवलमा संचालीत चौराहा हस्पिटल प्रा।ली बुटवलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि तथा कर्मचारीहरुको कोभिड १९ बीमा गरेको छ । अस्पतालमा कार्यरत स्वास्थयकर्मिहरु उच्च जोखिममा रहेकोले बीमा गरिएको अस्पतालले जनाउएको छ ।
कोरोना संक्रमणको अवस्था फैलदै गएको र स्वास्थ्य कर्मिहरु उच्च जोखिममा रहेको हुदाँ स्वास्थ्य कर्मि तथा कर्मचारीहरुको बीमा गरिएको चौराहा हस्पिटल प्रा।लीका निर्देशक बिरु भण्डारीले बताउनु भयो ।
अस्पतालले कार्यरत १२२ जना चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बुटवल स्थित शाखा कार्यालयबाट बीमा गरेको अस्पतालको मानव संशाधन बिभाग प्रमुख रवि गौतमले जानकारी दिनु भयो । गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख व्यक्तिगत १००० र पारिवारीक एवं सस्थागत ६०० रुपैयाका दरले र पचास हजार रुपैयाको व्यक्तिगत ५०० र पारिवारीक तथा सस्थागत ३०० रुपैयाका दरल कोरोना बीमा गर्दै आएका छन् ।
कोरोना बीमा अन्र्तगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि पि.सि.आर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij