हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु

हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु

नवलपरासी ।
पूर्वी नवलपरासीको गैँडाकोटमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु भएको छ । खोरले पुरिदा दुई बालक सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट ६ बोटे टोलमा गैँडाकोट ८ निवासी काँशीराम पौडेलले बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र बर्षातका कारण भत्किँदा ३५ बर्षीया काँशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्की जिल्लाका ४० बर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको हो । खोर भित्र सरसफाई गरिरहेको बेला एक्कासी खोर भत्किएको थियो ।
खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझ निधन भएको प्रहरीले जनाएको छ । पौडेलका छोरा वर्ष ९ का प्रतिक पौडेल र भण्डारीका छोरा डेढ वर्षका सुमिन भण्डारीको अवस्था सामान्य रहेको छ । हावाहुरीले खोर भत्काए पछि आफ्ना साना छोराहरुलाई उनीहरुले काखमा राखेर सुरक्षित गरेका थिए । घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई निकालिएको थियो ।
खोरले च्यापेर २ ओटा बाख्रा लगायत सयौं कुखुरा समेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij