४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ८ सहसचिव र उपसचिवको सरुवा

४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी  सिडिओ तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।बाँकेका प्रमुख जिल्ला अधिकारी सह सचिव कुमारबहादुर खड्कालाई गृह मन्त्रालय सिंहदरबारमा तानेर त्यहाँ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उपसचिव रामबहादुर कुरुम्वाङलाई पठाएको छ। कुरुम्वाङले कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेन्छन्।
लकडाउन कार्यान्वयन कमजोर भएका कारण बांकेमा कोरोना जोखिम बढेको जनगुनासो आएका बेला कुरुवाङलाई बांके पठाइएको हो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij