जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताए ।

ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टीइनका रुपमा विकास गरिने जानकारी दिए ।

महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने आश्वासन दिँदै विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको पनि बताए ।

उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभाव हुँदा महामारी तीब्र गतिमा बढेको बताए । उनले स्वदेश फर्कनेको अनिवार्य परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उनले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्नेबताए ।

उनले खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषिकार्य अघि बढाइने बताए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij