काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन्। मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड१९ पोजेटिभ देखिएको थियो। आफूले भेटेका ती बिरामीमा कोभिड(१९ पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल गत विहिबारबाट होम क्वारेन्टाइनमा रहेको उनका प्रमुख स्वकिय सचिव समेत रहेका मन्त्रालयका उपसचिव लीलाराज पौडेलले बताए। मन्त्री ढकाल आफन्त पर्ने ती बिरामीलाई भेट्न उनमा कोरोना पुष्टि हुनु दुईदिनअघि गएका थिए ‘बिरामीलाई भेट्दा पीपीई लगाउनुभएको थियो। तर पनि बिरामीलाई पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउँदै मन्त्रीज्यू होम क्वारेन्टानइमा बसिरहनु भएको छु, उनले भने, यसअघि उहाँमा गरिएको परीक्षणमा पनि कोरोना नेगेटिभ आएको थियो।ु होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थित थिए। मन्त्री ढकाल विहीबारदेखि मन्त्रालय पनि आएका छैनन्। यसअघि कोभिड१९ संक्रमण सुरु भएपछि शनिबार पनि मन्त्री ढकाल मन्त्रालय आउने गरेका थिए। ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान स्वाब संकलन गरिएको छ। यसको ल्याब रिपोर्ट पनि आजै आउने बताइएको छ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्