बजेटबारे कांग्रेस संसदीय दलमा छलफल,संविधान संशोधनको विषय उठेन

बजेटबारे कांग्रेस संसदीय दलमा छलफल,संविधान संशोधनको विषय उठेन

काठमाडौँ
सरकारले ल्याएको बजेटबारे संसद्‌मा कसरी प्रस्तुत हुने भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षित गरेको छ । योजनाविद् समेत सहभागी रहेको शुक्रबार बसेको संसदीय दलको बैठकमा बजेटका कमीकमजोरी र सुधार गर्नुपर्ने क्षेत्रमा सांसदहरुलाई प्रभावकारी धारणा राख्नसमेत सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक ।
बैठकमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वयोजना आयोगका उपाध्यक्षहरु स्वर्णीम वाग्ले, गोविन्द पोखरेल, जगदीशचन्द्र पोखरेल र अर्थविद् विश्व पौडेलले बजेटका सकारात्मक र नकारात्मक पाटोको बारेमा जानकारी गराएका थिए ।
बैठकमा सांसद एवं केन्द्रीय सदस्य गगन थापाले पार्टीले निर्णय गरिसकेको अवस्थामा सांसदहरुले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको बजेट लिन नहुने मत राख्नुपर्ने बताएका थिए । कोरोना महामारीले नेपाली अर्थतन्त्र धरासायी बनाएका बेलामा यस्तो रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने उनको तर्क थियो । तर, सांसद भरत शाह र राजन केसीसहितका केहीले

भने उक्त रकमको विरोध गर्न नहुने धारणा राखेका थिए । चुनावमा बाँडेको आश्वासन पूरा गर्नका लागि पनि उक्त कार्यक्रम खारेज गर्न नहुने उनीहरुको भनाइ थियो ।

बजेटका सन्दर्भमा छलफल गर्ने एजेण्डा राखेर बोलाइएकाले सरकारले ल्याएको संविधान संशोधनको विधेयकमाथि भने बैठकमा छलफल भएन ।
संविधान संशोधनको बारेमा कांग्रेसले शनिबार बोलाएको बैठकले औपचारिक निर्णय गर्ने बताएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij