सैनामैना-जाजरकोट जिल्लाको पश्चिम रुकुम र रुपन्देहीको देवदहमा भएको घटनालाई लिएर सैनामैनामा पनि विरोध प्रर्दशन भएको छ । शनिबार सैनामैना भित्र रहेका दलित समुदायहरु प्लेकार्ड सहित दोषिमाथि कारबाही माग गर्दै जातिय विभेद अन्त्य गर,दोषि माथि कारबाही गर जस्ता लेखिएको प्लेकार्ड सहित सडकमै दलितकर्मीहरु उत्रिएका हुन् ।

सो अवसमा रुकुम र देवदहको घटना निन्दनयि भएको प्रदेश सभा सदस्य कमला देवि विश्कर्माले बताएकी छन् । दलित अभियान्ता समेत रहेकी विश्मकर्माले दुवै घटनालाई ढाकछेप नगरि निश्ष्पक्ष छानविन गरि दोषि माथि कडा भन्दा कडा कार्वाहि गर्न माग गरिन् । आफुले सो घटनालाई लिएर सदनमा पनि आवाज उठाईरहेको भन्दै जातिय विचको असमानता हटेर जानुपर्नेमा जोड दिइन् ।

जातीय विचको विभेद समाजका लागी कलंक भएको नेपाली कांग्रेस रुपन्देही जिल्ला उपभापति फणिन्द्र प्रसाद शर्माले बताए । सु–सभ्य समाज स्थापित गर्न सवै जात एकजुट भएर जानुपर्नेमा जोड शर्माले बताए । रुकुम र देवदहको घटनालाई लिएर कांग्रेसले पनि घोर भत्र्सना गरेको उनले बताए ।

मानव मानव विच हुने विभेदलाई राज्यले नै दण्डीत गरेको भन्दै यस्तो गर्न नहुने नेपाल कम्यूनिष्ट पार्टि सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले बताए । रुकुम र देवदहको घटनालाई सत्य तथ्य छानविन गरि दोषिमाथि कारबाहीको माग उनले गरे ।

रुकुम नरसंहारको घटनालाई सरकारले उच्च स्तरीय संसदीय छानविन समिति गठन गरि सत्य तथ्य बाहिर ल्याउनुपर्ने मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सदस्य कृष्ण पंगनीले बताए । २१ औँ शताब्दीमा पनि जातीय सम्बन्धका कारण यस्ता अप्रिय घटनाले समाजमा नकारात्मक असर गरेको भन्दै जातिय विरुद्ध मानव अधिकार तथा शान्ति समाजले देशै ब्यापी रुपमा कार्यक्रम गरिरहेको पंगनीको भनाई छ ।

मानव समुदायमा जवसम्म सकारात्मक सोचको विकास हुदैन तव सम्म यस्ता कुघटना समाजमा घटिरहने अन्र्तराष्ट्रिय योग प्रशिक्षक ऋषिराम न्यौपानेले बताए । २१ औँ शताब्दीमा पनि जातीय विभेद गर्नु दु:खत कुरा भएको बताउदै आर्दशयुक्त राष्ट्र निर्माणमा सवै जाति एक्वबद्धता हुनुपर्ने बताए उहाँले रुकुम र देवदहको घटनालाई सत्य तथ्य छानविन गरि दोषिमाथि कार्वाहिको माग गरे ।

नेपाल सुनचाँदी ब्यवसायी संघ जिल्ला सदस्य तथा दलित अभियान्ता सुरज बरारलले वि.स २०६४ जेठ २१ गते मुलकमा जातीय विभेद तथा छुवाछुत अन्त्य भएको घोषणा भएपनि जातीयताकै कारण दलित समुदायले ज्यान गुमानुपरेको प्रति खेत प्रक्रट गरे । दलित भएकै कारण रुकुम र देवदहमा कहालीलाग्दो घटना घटेको भन्दै घटनालाई सत्य तथ्य छानविन गरि दोषिमाथि कार्वाहिको माग बरालले गरे ।

देशभरि रहेका ६० लाख दलितहरु अव एक जुट हुने दिन आएको युवा दलितकर्मी अम्बिका परियारले बताइन् । रुकुमको घटनालाई ढाकछेप गरि उम्काउने दुष्प्रयास भएको भन्दै यसका विरुद्धमा दलित समुदाय सडकमा उत्रिन सवैलाई परियारले आग्रह गरिन् ।
कार्यक्रम नेपाल सुनचाँदी ब्यवसायी संघ सैनामैना नगर समितिका अध्यक्ष तिलक गहतराजको अध्यक्षता तथा सञ्चारकर्मी सुरेन्द्र परियारको सञ्चालनमा सम्पन्न भएको हो । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ सैनामैना नगर समिति र नेपाल सुनचाँदी ब्यवसायी संघ सैनामैनाको संयुक्त आयोजनामा सैनामैना वडा न.६ कलौनीमा सो कार्यक्रम भएको हो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्