कपिलवस्तु
कपिलवस्तुमा सोमबार थप ४६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले दुई पटक दिएको जानकारी अनुसार शिवराज नगरपालिकामा सबैभन्दा बढी २५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।
यस्तै बुद्धभूमिमा १० जना, मायादेवीमा ६, वाणगंगा र महाराजगञ्जमा दुई दुई जना र कपिलवस्तु नगरपालिकामा १ जनामा कोरोना देखिएको हो । जसमध्ये वाणगंगाका दुई महिलासहित अरु सबै पुरुष रहेका छन ।
शिवराजमा देखिएका संक्रमित मध्ये वडा नं. ३ का १९, २०, २५ र ३० बर्षीय चार पुरुष हुन् ।
यस्तै वडा नं. ४ का ११ जना पुरुषमा कोरोना भाइरस देखिएको छ । ती १७, १८, २०, २८, ३०, ३०, ४२, ४२, ४५, ५८ र ५५ बर्षीय रहेका छन ।
वडा नं. ६ का २८ बर्षीय र वडा नं १० का १७ बर्षीय दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।
वडा नं. ११ मा बर्ष १८, २३, २६, २७, २७, ३४, ३५ र ४७ का ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन । जुन वडा नं. ८ का १९, २०, २६, २७, २७, ३२, ३५ र ३८ बर्षीय ८ जना पुरुष रहेका छन् । यस्तै वडा नं. १० का २७ र ४६ बर्षीय दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्ज नगरपालिका वडा नं. १ का १९ बर्षीय एक जना र वडा नं. २ का २६ बर्षीय अर्का जना गरी दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यता वाणगंगा नगरपालिका वडा नं. ११ का ३१ र ३८ बर्षीय दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।
मायादेवी गाउँपालिकामा ६ जना र कपिलवस्तु नगरपालिकामा एक जनामा कोरोना देखिएको छ ।
संक्रमित सबै पुरुष रहेका छन । योसंगै जिल्लामा कोरोना संक्रमित ३ सय १७ जना पुगेका छन ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्