विश्वमा कोरोना : ३ लाख ८२ हजारको मृत्यु, ६४ लाख ८४ हजार संक्रमित

विश्वमा कोरोना : ३ लाख ८२ हजारको मृत्यु, ६४ लाख ८४ हजार संक्रमित

काठमाडौं- विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ३ लाख ८२ हजार २ सय २७ बढीको मृत्यू भएको छ ।

संक्रमितको संख्या ६४ लाख ८४ हजार ८ सय ३६ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमितको संख्या यति पुगेको वल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् ।

३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ९ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् ।

युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ ।

त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ ।

११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ ।

९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् ।

संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij