१५७ जना नेपाली लिएर आयो एयर अरेवियाको जहाज

१५७ जना नेपाली लिएर आयो एयर अरेवियाको जहाज

काठमाडौं।

कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ ।सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।

सैनिक स्रोतका अनुसार यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । ‘यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो, त्यही अनुसार होल्डिङ सेन्टर छुट्टाएका थियौं’, स्रोतले भन्यो, ‘अब पहिलेको तयारी अनुसार नमिल्ने भएपछि पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ लगेर राख्ने भन्ने तय हुन्छ ।’प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij