असार १७ देखि आन्तरिक उडान सुरु गर्ने तयारी

असार १७ देखि आन्तरिक उडान सुरु गर्ने तयारी

काठमाडौँ
सरकारले लकडाउनको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।
‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’
साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘आन्तरिक उडानमा कोरोना महामारी फैलिएका हटस्पटमा भने उडान हुने छैन ।’

बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको बताए । ‘सरकारको निर्णय एक दुई दिनमा आउला,’ निर्देशक जोशीले भने, ‘पहिलो चरणमा पहाडी उडान खुला गरिने भएकाले हामीले सुर्खेत, पोखरा र तुम्लिङटारको बुकिङ आजबाट खोल्दैछौं ।’

प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । उक्त बैठकमा प्राधिकरणका महानिर्देशक र एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेल थिए । व्यवसायीसँगको बैठक सकिएलगत्तै महानिर्देशक पोखरेल मन्त्रालयको बैठकतर्फ लागेका छन् । मन्त्रालयले यो विषय उपाप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा लैजाने र समितिबाट मन्त्रिपरिषदबाट निर्णय हुने स्रोतले बतायो ।

सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij