कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

दैलेखको गुराँस गाउँपालिका-४ र डुङ्गेश्वर गाउँपालिकाका दुई/दुईजना पुरुष रहेका छन् भने नारायण नगरपालिका वडानम्बर ३, ६, नौमुले गाउँपालिका-१,७, ८ र आठबीस नगरपालिका-७ का एक/एकजना पुरुष रहेका छन् ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका-२ र ३ वडाका तीनजना पुरुष, कुमाख गाउँपालिका १ र ३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका-१० का युवक हुन् ।

थपिएका १६ जनासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij