‘जातीय विभेद तथा छुवाछुत विरुद्ध सडकमा आए साहित्यकारहरु’

‘जातीय विभेद तथा छुवाछुत विरुद्ध सडकमा आए साहित्यकारहरु’

बुटवल ।
रुकुम घटना लगायत देशभर घटेका जातीय विभेद घटनाका अपराधीहरुलाई कार्वाहीको माग गर्दै रुपन्देहीका साहीत्यकारहरु सडकमा उत्रिएका छन् ।
जातीय विभेद तथा छुवाछुत स्वच्छ समाजको बाधक रहेको भन्दै स्वच्छ समाज निर्माणका लागी जातीय विभेद तथा छुवाछुत जस्ता कुसंस्कारहरुलाई जरैदेखि उखेल्नुपर्ने उनीहरुले बताएका छन् ।

मंगलबार संयुक्त दलित संघर्ष समिति रुपन्देहीले आयोजना गरेको ‘जातीय विभेद तथा छुवाछुत जस्ता कुरितीका विरुद्ध साहित्यीक आन्दोलनमा सहभागी सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा सहभागी बरिष्ठ साहित्यकार बुद्ध रानाले मान्छेलाई बगरको ढुंगा सरह पनि नठानी निर्मम हत्या गर्ने हत्याराहरुलाई कडा भन्दा कडा कार्वाही गरिनुपर्ने बताए । अर्का साहित्यकार चिरन बरालले दलित वा अछुत भनेर एक दुईजना मारेर दबाउन खोज्नेहरुलाई कदला लिनका लागि अरु नवराजहरु शसक्त बनेर जन्मनेछन भन्दै यो घटनालाई दबाउन कुचेष्टा नगर्नको लागि आग्रह गरे ।

त्यस्तै साहित्यकार तथा अधिवक्ता ज्ञानु के.सी., साहित्यकारहरु ज्ञानु के.सी, अमृत बेवारे, श्याम वि.क, पत्रकार तथा साहीत्यकार रीता बुढाथोकी, पत्रकार तथा गायक संजय सौगात, शंकर भण्डारी, लगायतले रचना प्रस्तुत गर्दै विभेदमुक्त समाज निर्माणका लागि सरकार नै गम्भिर नभएकोले सरकार गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरे । कार्यक्रममा बोल्दै दलित संघर्ष समितिका हरिओम वि.क, नरबहादुर सुनार, पदम विश्वकर्मा तिलोत्तमा नगरपालिका प्रबक्ता सुरेन्द्र श्रीलगायतले आजको २१ औ युगमा पनि मानवमाथि अमानवीय व्यवहार गर्नै जोकोहीलाई पनि कडा भन्दा कडा कार्वाही गरिनुपर्ने बताए । मुलुकलाई जातीय विभेद तथा छुवाछुत मुक्त घोषणा गरिएपनि त्यसको कार्वान्वयनमा स्वंय सरकार नै गम्भिर नभएको भन्दै यसलाई कार्वान्वयन गरी विभेद मुक्त समाज निर्माणमा सरकारले कडा कदम चाल्नुपर्ने उनीहरुको भनाई थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij