श्रमिकका माग संबोधन गर्न जिफन्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

श्रमिकका माग संबोधन गर्न जिफन्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

 

बुटवल, ।

नेपाल टेड युनियन महासंघ जिफन्ट प्रदेश ५ ले बुधबार विभिन्न श्रमिकका क्षेत्रबाट आएका समस्यालाई समेटेर मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।

जिफन्टका राष्टिय उपाध्यक्ष कमल गौतम र प्रदेश अध्यक्ष हरि कार्कीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा विभिन्न संगठित क्षेत्र उद्योग, बैंक, सहकारी लगायतका वित्तिय क्षेत्र, स्वास्थ्य प्रतिष्ठान, निजी विद्यालय, प्रेस, होटल, बुकिङ काउन्टर वा नेपालको प्रचलित कानुन बमोजिम उद्योग अन्तर्गत दर्ता भएका प्रतिष्ठानहरुमा कर्यरत श्रमिकहरुले राजपत्रमा उल्लेख भए अनुसार चैत, बैशाख, जेठ महिनाको भुक्तानी पाउनु पर्ने माग गरिएको छ । त्यस्तै जिफन्टले यातायात क्षेत्र लगायत श्रमिकको स्वास्थ्य बिमा हुनु पर्ने, स्वयम्सेवी, निर्माण, कृषि श्रमिकलाई समाजिक सुरक्षामा जान स्थानीय पालिकाले पहल गर्नु पर्ने, स्वरोजगार श्रमिकले पेसा गर्न लिएको घरभाडामा राहत दिनु पर्ने, कृषि श्रमिकलाई मल, बीउ बिजन समयमा राहत स्वरुप उपलब्ध गराउनुपर्ने, निजी क्षेत्रमा कार्यरत स्वास्थ्य श्रमिकलाई राज्यबाट दिने बिमा सुरक्षा उपकरण उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

त्यस्तै श्रमिकको पन्जिकरण गर्दा राष्टिय परिचयपत्रसँग मेल खाने गरी र समाजिक सुरक्षा कोषमा जान बैंक खाता सहित पान नम्बर उपलब्ध गराइ परिचयपत्र दिनु पर्नेमा जिफन्टले जोड दिएको छ । नेपालको काम नेपालीलाई भन्दै मुक्त कमैया लगायतका श्रमिकलाई आफू बसेको ठाउँ वा ब्यवस्थित ठाउँमा जग्गाधनी लालपुर्जा दिनुपर्ने, स्वयमसेविकाहरुलाई प्रदेशबाट प्रोत्साहन भत्ता दिनु पर्ने, विदेशबाट आएका श्रमिकलाइ तत्काल रोजगारी उपलब्ध गराउन पालिकाले अनिवार्य कुनै न कुनै रोजगारको कार्यक्रम घोषणा गर्नु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

यातायात, निजी विद्यालय, पर्यटन उद्योग लगायतका क्षेत्रले ठूलो रोजगारको सिर्जना गरेकाले उक्त क्षेत्रलाई ब्यवस्थित गरी रोजगारीको ग्यारेन्टीको लागि पहल गर्न ध्यानाकर्षण गराइएको छ । सामाजिक विकास मन्त्रालयले श्रमिकको हितमा ठोस कार्य गर्न नसकेको जिफन्ट राष्टिय उपाध्यक्ष कमल गौतमले बताउनुभयो ।

कठिन अवस्थामा श्रमिकलाई मुख्यमन्त्रीबाट गरिएको पहल कदमीप्रति आभार ब्यक्त गर्दै विभिन्न पालिकामा रहेका पीडित श्रमिकहरुलाई पुनः राहत उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij