काठमाडौँ
लकडाउनको बेलामा करदातालाई राजस्व दाखिला गर्न बाध्य नपार्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोजकुमार शर्माको इजलासले आगामी असार १५ गतेभित्र विवरणका साथै कर दाखिला गर्नु भन्ने आन्तरिक राजस्व विभागको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सुरुमा जेठ २५ गतेभित्र कर दाखिला गर्नु भनी सूचना निकालेको विभागले पछि त्यसलाई संशोधन गरेर असार १५ गते पुर्याएको थियो । कर तिर्ने अवस्था नभएको र वातावरणसमेत प्रतिकूल रहेको भनी अधिवक्ताहरु सिर्जना अधिकारी र अधिवक्ता थानेश्वर काफ्लेसमेतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्