कञ्चनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चन
रुपन्देहीको कञ्चनमा थप एका जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला,गहुँबाली अनुसन्धान केन्द्र भैरहवामा पिसिआर परिक्षण गर्दा कञ्चनको ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कञ्चन गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।
यसरी एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कञ्चनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ पुगेको छ । छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएका करिब ३ सय जनाको आर डि टी परिक्षण गरिएकोमा ९ जनाको आर डि टी पोजेटिभ आएको थियो । आर डि टी पोजेटिभ आएका नौ जनाको पि सि आर परिक्षणका लागि स्वाव संकलन गरी पठाइएकोमा एक जनाको जेठ १९ गते कोरोना संक्रमण पुष्टि भएपछि जेठ २० गते एनफा एकेडेमी बुटवल पठाईएको थियो भने हिजो कोरोना संक्रमण पुष्टि भएका ३० बर्षिय पुरुषलाई पनि उपचारको लागि एनफा एकेडेमी बुटवलमा रहेका कोरोना बिशेष अस्पतालमा रिफर गरि पठाइएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।
यस्तै आज कञ्चनको बिभिन्न क्वारेन्टाइनमा रहेका १९ जनाको आर डि टी परिक्षण गरिएको छ । क्वारेन्टाइनमा १४ दिन अवधी पुगेका हरैया बहुमुखी क्याम्पसका ६ जना,लुम्बिनी ज्ञान निकेटनका २ जना र प्रगती मा।बि।मा रहेका ११ जना गरी १९ जनाको आर डि टी परिक्षण गरिएकोमा ४ जनाको आर डि टी पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ। आर डि टी परिक्षणमा नेगेटिभ आएका ११ जनालाई आफ्नै घरको सेल्फ क्वारेन्टाइनमा बस्नेगरी डिस्चार्ज गरि निजहरुकै घरमा पठाइएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ। आर डि टी परिक्षणमा पोजटिभ आएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाइने तयारी रहेको समेत गौतमले जानकारी दिनु भएको छ।
कञ्चनको लुम्बिनी ज्ञान निकेटन मा।बि।गरगरेमा २८ जना,हरैया बहुमुखी क्याम्पसमा ४६ जना,रुद्रपुर मा।बि।मा ३० जना,गजेडी मा।बि।मा ३७ जना र प्रगती मा।बि।मा २१ जन गरी १ सय ६२ जना रहेका छन ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij