बुटवल- नेपाली काँग्रेसकी नेतृ स्वर्गीय शैलजा आर्चायको स्मृति दिवशमा नेपाल महिला संघ रुपन्देहीले बिहिबार अनाथ आश्रममा रहेकाहरुलाइ खाद्यान्न बितरण गरेको छ । संघले बुटवल १५ बेलभरीयाको लुम्बिनी अपाङ्ग,दृष्टिबिहिन तथा अनाथ आश्रममा रहेकोहरुकालाइ खाद्यान्न बितरण गरेको हो । कोरोना महामारीका बेला कसैको पनि चुलो निभ्नु हुन्न भन्ने मान्यता अनुरुप नेतृ आर्चायको स्मृति दिवश पारेर संघले अपाङ्ग तथा अनाथहरुको सहयोगकालागि खाद्यान्न बितरण गरेको महिला संघ रुपन्देहीका सभापती गंगा शाहीले बताउनु भयो ।
संघले आश्रमका चामल, दाल, तेल, आटा, मसला लगायतका खाद्यान्न सामाग्री सामाग्री प्रदान गरेको संघका सदस्य रिता सेनले बताउनु भयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमीका खेल्नु भएकी काँग्रेस नेतृ आर्चायले २०१७ सालमा राज महेन्द्रलाइ कालो झण्डा देखाए पछि ३ बर्ष जेल पर्नु भएको थियो ।
२०४८ सालको आम निर्वाचनमा मोरङबाट प्रतिनिधि सभामा निर्वाचित भइ कृषि वन तथा भु–संरक्षण मन्त्री र२०५३ सालमा उपप्रधानमन्त्री समेतबन्नु भएको थियो ।
विपि कोइरालाकै छत्रछायामा रहेर राजनीतिक यात्रा सुरु गर्नु भएकी आर्चाय २०३३ मा वीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै विपी सगै नेपाल फर्कनु भएको थियो । देशमा महिला अधिकारका मुद्या स्थापित गराउन पनि नेतृ आर्चायको महत्वपुर्ण योगदान छ । मुलुकी ऐनको एघारौ संसोधन ल्याउन नेतृ शैलजाको ठुलो देन छ ।
पार्टीलाइ समावेसी बनाउदै महिलालाइ नेतृत्व तहमा पुरयाउनु पर्छ भन्ने सवाल नेतृ आर्चायले नेपाली काँग्रेस भित्र सुरु देखि नै उठाउदै आउनु भएको हो । बिक्रम सम्बत २००१ सालमा मोरङमा जन्मनु भएकी आर्चायको २०६७ सालमा काठमाडौमा निधन भएको हो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्