काठमाडौँ ।
नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,२१,८६२ पुगेको छ।
अहिलेसम्म ७२ जिल्लामा सङ्क्रमण भेटिएको छ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्