बुटवल
गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गुल्मी, धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए । शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियोु, उनले भने, खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । आरडीटी पोजिटिभ आएका उनको पीसीआर परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा थापाले बताए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्