६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आजै ४ सय ५१ जनामा संक्रमण

६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आजै ४ सय ५१ जनामा संक्रमण

बुटवल-पछिल्लो २४ घण्टायता नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार थप ४ सय ५१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमण हुनेहरूमा ३५ महिला र ४ सय १६ पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय पुगेको छ ।

जसमध्ये एक हजार ४१ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टायता थप ६७ ले कोरोना जितेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या भने १९ रहेको छ । पछिल्लो २४ घण्टायता कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij