काठमाडौं- नेपाली कांग्रेसले आज देशभरका प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ ।
कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।
कांग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ ।
केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्