काठमाडौँ : नेपाल र भारत दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा फाइनल प्रवेश गरेका छन् ।
नेपालले सेमिफाइनलमा बङ्गलादेशविरुद्ध ३–० को जीत निकाल्दै उपाधि नजीक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बङ्गलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे ।
यस्तै महिलातर्फ रशिला महर्जनले बङ्गलादेशकी फारविन विन्ते इमडाडलाई २१–८, २१–५ ले तथा नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बङ्गलादेशका गौरव सिंह र मङ्गल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउँदै विजयी भएका हुन् ।
नेपालले उपाधिका बिहीबार भारतको सामना गर्ने भएको छ । यसअघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बिको विजेता हुँदै बङ्गलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टोली हो ।
यस्तै आजै भएको अर्को सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।
यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका विष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ इलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्