बुटवल -रुपन्देहीमा क्रियाशील विभिन्न ६ राजनीतिक दलले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताको बिरोधमा भोली शनिबार रुपन्देहीको भैरहवामा सभाको आयोजना गरेका छन् ।
एमसीसी सम्झौताका बिरुद्व र राष्ट्रियता जनतन्त्र जनजीवीको पक्षमा सरकारलाई दवाव दिनका लागि सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी गराउनु भएको छ । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मोर्चा, नेपाल, नेकपा माओवादी केन्द्रसहितका दलले संयुक्त रुपमा बिरोध सभाको आयोजना गर्न लागेका हुन् ।
एमसीसीको बिरोधमा, कालापानीबाट भारतीय सेना हटाउन र भारतीय पक्षले ७१ स्थानमा मिचेको नेपाली भूमि फिर्ता र भ्रष्टाचार बिरुद्व सरकार बाहिर रहेका विभिन्न दल दलले देशभर संयुक्त रुपमा बिरोध सभाहरु गर्दै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी मसालका रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका विनोद मरासेनी, नेपाल कम्युनिष्ट पार्टी मालेका गोपालमणि गौतम, देशभक्त जनतान्त्रिक मोर्चाका रामप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका पोषराज खनालले संयुक्त रुपमा विज्ञप्ती जारी गरी भोली असार ६ गते रुपन्देहीको भैरहवामा हुने कार्यक्रमबारे जानकारी गराउनु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्