काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोग प्रतिरोगी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा आफूले नेपालीहरूको भान्सामा प्रयोग भइरहेको बेसार, अदुवा, मेथी मरिचलगायतको प्रयोग महत्वपूर्ण हुने भन्दा कतिपय बुद्धिजीवीेहरूले मजाक उडाएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धिजिवीहरूलाई पूर्वजका खोजहरूप्रति मजाक नउडाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै उनले योग अभ्यास शारीरिक तन्दुरुस्तीका लागि अपरिहार्य भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा ऊर्वर भूमि र औषधिमय प्रकृति भए पनि पछि परेको भन्दै उनले जडिबुठ्टीको युवाहरुलाई अध्ययन खोज र प्रयोगमा जोड दिए ।
प्रकाशित मिति : आइतबार, असार ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्