बुटवल, पूर्व सांसद तथा अधिकारकर्मी विनोद पहाडीले रुकुममा भएको नरसंहार र रुपन्देही देवदहका अंगिरा पासीको हत्यामा संलग्नलाई कारवाही नभए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । उनले जातीय विभेदकै कारण जाजरकोटका नवराज विक सहित ६ जना यूवा र रुपन्देही देवदहकी १३ बर्षिय अंगिराको र्बबरतापूर्ण ढंगले हत्या गरिएकाले अदालतलाई जनताको आवाज ख्याल गर्न आग्रह गरे । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले आईतबार बुटवलमा भएको विरोध सभालाई सम्बोधन गर्दै पहाडीले यस्तो बताएका हुन् ।
पहाडीले अंगिरा पासीको न्याय दिलाउने सवालमा महिला संगठन, संघसंस्था र राजनितिक दलहरु नबोलेको प्रति आक्रोश पोखे । उनले तराईको दलित समुदायको बालिकामाथि बर्बर अपराध हुँदा पनि अन्य समुदायहरु न्बोल्नुले न्याय नपाउने डर देखिएको बताए । रुपन्देहीमा अंगिराको हत्यामा संलग्नलाई कारवाही नगरेको खण्डमा अदालतका विरुद्ध पनि सडकमा बोल्ने पहाडीको चेतावनी छ । रुकुम घटनामा संलग्नलाई कारवाही नगरि अदालतबाट छाड्ने चलखेल भएकाले त्यसका विरुद्ध देशैभर दलित समुदाय आन्दोलनको मैदानमा रहेको समेत बताए ।
दलितमाथिको विभेद अन्त्य गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरिएको थियो । विरोधसभामा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, दलित नेता रवि विश्वकर्मा, पदम विश्वकर्मा, अभियान्ता श्याम विक, नर बहादुर सुनारले न्यायका लागि सरकारलाई ध्यानआर्कषण गराए । रुकुममा अन्तरजातीय प्रेम परिवारले अस्विकार गरि भएको ६ जना यूवाको हत्या र र रुपन्देही देवदहका अंगिरा पासीको न्यायका लागि विरोध प्रदर्शन भइरहेको छ । रुपन्देहीमा सोमबार भैरहवामा विरोध प्रदर्शन गरिने सचिव पदम विकले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, असार ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्