तिलोत्तमामा निशुल्क बायो शौचालय संचालनमा

तिलोत्तमामा निशुल्क बायो शौचालय संचालनमा

तिलोत्तमा -नेपालमै पहिलो शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निशुल्क बायो शौचालय संचालनमा ल्याएको छ । आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले तिलोतमाको हाइवयसडकमा निर्मित बायो शौचालयको उद्धघाटन गर्नभयो।
संस्थाद्धारा निर्माण गरिएको बायो शौचालय नेपाल कै नमुना भएको र उक्त बायो शौचालयले तिलोत्तमाको खुल्ला दिशापिसाव मुक्त बनाउनका लागी थप मद्धत पुग्ने बताउनु भयो।
मेयर घिमिरेले सस्थाद्धारा गरिएको कार्यको प्रशंसा तथा शुभकामना दिदैं बायो शौचालय निमार्ण कार्यलाई मंसिर पौष सम्ममा कोटीहवा सम्म विस्तार गर्दे लाने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
संस्थाका अध्यक्ष हरि प्रसाद तिवारीले हाल १३ वटा बायो शौचालय निर्माण गरी संचालनमा आएको बताउनु भएको छ ।
जस मध्य १० वटा सिंगल सिटर योगीकुटी देखि डाईभरटोल चोकसम्म सिक्स ल्याण्ड सडकमा र ३ वटा डवल सिटर डाईभरटोल हाटवजार, योगीकुटी हाटबजार र मगरघाटमा सञ्चालनमा रहेको अध्यक्ष तिवारीले बताउनु भयो ।
उक्त बायो शौचालयको सिंगल सिटर टवाईलेटको लागत रु ७ लाख र डवलसिटर टवाइलेटको १२ लाख पैतिस हजार रुपैया गरी कुल लागत रु एक करोड सात लाखमा आयोजना सम्पन भएको अध्यक्ष तिवारीले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, असार ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij