JanataToday.com

Advertisment

SKIP THIS

हिमालयन हनिकम मौरी पकेटले गर्यो सार्वजनिक सुनुवाई

हिमालयन हनिकम मौरी पकेटले गर्यो सार्वजनिक सुनुवाई

कञ्चन –हिमालयन हनिकम मौरी पकेटले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री कृर्षि आधुनिकरण परियोजना अन्तर्गत हिमालयन हनिकम मौरी पकेट परियोजना सुरु भए पश्चात लागत सहभागिता र परियोजनाको उद्धेश्य,लक्ष र कार्ययोजनाबारे सार्बजनिक सुनुवाई गरिएको हो ।

साना ब्यबसायिक कृषकहरुलाई आधुनिकीकरण गरी ब्यबसायिक र उधमी बनाउने योजना अनुरुप नेपाल सरकारको आ.ब. २०७६ ०७७ बजेटमा ब्यबस्था गरिएको प्रधानमन्त्री कृर्षि आधुनिकरण परियोजना कञ्चन गाउपालिका वार्ड नं. १ स्थित रामडाडामा संचालित हिमालयन हनिकम मौरी पकेटको लागि करिब ३० लाख रुपैया बराबरको साझेदारी कार्यक्रम गत बैसाख २७ गते कृषि ज्ञान केन्द्र नवलपरासीसंग सम्झौता भई लागु भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिता जनाउदै श्रमभुमि कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणि शर्माले हिमालयन हनिकम मौरी पकेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना संचालित भइसकेपछि साना किसानहरुका लागि प्रोत्साहित गरेको र युवाहरुलाई कृर्षि प्रति आकर्षित गराएको उल्लेख गर्दै युवाहरुलाई कृर्षिमा लगानी गरेर स्वदेशमै स्वरोजगार बन्न उदाहरणिय बन्नु पर्नेमा सुझाव दिनु भएको छ।
स्पिन्जर च्याउ ब्लकका संचालक गंगाधर शर्माले कञ्चन कृर्षि उत्पादनको लागि उर्वर भुमि भएको र उर्वर भुमिमा बेरोजगार युवाहरुलाई कृषि प्रति आकर्षित गराउन गाउपालिका अनुदान सहितको निश्चित क्षेत्रहरुमा उत्पादन क्षेत्रको घोषणा गर्नु पर्ने सुझाव दिनु भएको छ। कञ्चनका युवाहरुसंग श्रमशक्ती छ तर कृर्षिमा के कसरी लगानी गर्ने र के कसरी खेती बाली गर्ने भन्ने सिप र क्षमताको अभाव भएकोले गाउपालिकाले कृर्षिमा बिषयगत तालिमहरु प्रदान गरी तालिम लिएका युवाहरुलाई खेती तथा बाली उत्पादनको जिम्मा र लक्ष निर्धारण गरिदिएर कृर्षिमा लगानी गर्न अनुदान उपलध् गराएर युवाहरुलाई प्रोत्साहित गर्नु पर्ने सुझाव दिनु भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमा उठेका बिषयहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आगामी बर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रममा गाउपालिकाले भौतिक पुर्वाधार बिकासलाई भन्दा कृर्षि क्षेत्रमा बिशेष लगानी गर्ने योजना समाबेश गरेको बताउदै कृर्षिमा बिशेष बजेटको ब्यबस्था गर्न लागेको बताउनु भएको छ । कोभिड १९ ले गर्दा गत आ.व.मा लक्षित कार्यक्रमहरु सम्पन्न गर्न नपाएको र कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि चालु आ.व.का कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको कोभिड १९का कारण रोजगार गुमाई घर आएका युवाहरुलाई स्वरोजगार बनाउन र कृर्षिमा आकर्षित गरी कृर्षि उधमी बनाउन आगामी बर्षको बजेटमा कृषि तर्फ बिशेष अनुदान सहितको बजेट सार्बजनिक गर्न लागेको समेत अध्यक्ष क्षेत्रीले खुलासा गर्नु भएको छ ।
कृर्षिमा केही गर्छु भन्ने युवाहरुको लागि कञ्चन गाउपालिकाले कृषक लक्षित कार्यक्रम ल्याएको हुदा अव कुनैपनि किसानहरु दुखित हुन नपर्ने उल्लेख गर्दै हिमालयन हनिकम मौरी पकेटका संचालक मन बहादुर पुनले जस्तै मेहनत गर्न युवाहरु तयार हुनु पर्नेमा युवाहरुलाई आग्रह गर्नु भएको छ।
हिमालयन हनिकम मौरी पकेटका संचालक मन बहादुर पुनले प्रधानमन्त्री कृर्षि आधुनिकरण परियोजनाले आफुलाई अझ प्रोत्साहित गरेको र परियोजनाले दिएको लक्ष आफुले सजिलै हात पार्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।परियोजना संचालन भएपछि आफुसंग ५ सय गोला मौरी हुने र बार्षिक ४० देखि ५० टन मह उत्पादन गर्ने लक्ष लिएको र उक्त लक्ष सजिलै पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएका पुनसंग अहिले २ सय गोला मौरी रहेको छ । पुनले हाल बार्षिक रुपमा २० देखि २५ टन मह उत्पादन गर्दै आएका छन भने सम्पुर्ण खर्च कटाएर करिब १५ देखि २० लाख रुपैया आम्दानी गर्दै आउनु भएको छ।
कार्यक्रममा वडा अध्यक्ष हरि नारायण थारुले बैदेशिक रोजगारका लागि बिदेश गएका तर कोभिड १९का रोजगार गुमाएर आएका युवाहरुका लागि बिदेशमा गर्ने मेहनतलाई स्वदेशमै सदुपयोग गरी स्वरोजगार बन्नमा युवाहरुलाई प्रोत्साहित गर्ने बजेट आउन लागेको बताउदै कृर्षिमा केही गर्छु भन्ने किसानहरुले निरासा गर्नु नपर्ने बताउनु भएको छ ।
हिमालयन हनिकम मौरी पकेटका संचालक मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न सार्वजनिक कार्यक्रममा कुस्माकला पुनको स्वागत तथा राहुल पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, असार ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij