काठमाडौं– मंगलबार विहानै देखी देशका अधिकाँस स्थानमा वर्षा भइरहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको
सम्भावना रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्