अस्थायी शिक्षक : चाहिएजति शिक्षक पास भएनन्

अस्थायी शिक्षक : चाहिएजति शिक्षक पास भएनन्

भक्तपुर – शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बुधबार भएको निमावि अन्र्तगत सबै क्षेत्रको अँग्रेजी विषयको नतिजामा आवश्यक भन्दा कम पदमा मात्रै अन्तर्वार्ताका लागि अस्थायी शिक्षक छनौट भएका छन् ।

नतिजा अनुसार विज्ञापन नम्बर २०१ र २०२ मा आवश्यक भन्दा कम मात्रै छनौट भएका छन् । जस अन्र्तगत पूर्वाञ्चलका लागि विज्ञापन नम्बर २०१ मा ८ पदका लागि भएकोविज्ञापनमा लिखितमा २ जना सहभागी भए पनि एक जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै विज्ञापन नम्बर २०२ मा १ सय १३ पदका लागि भएको विज्ञापनमा लिखितमा सहभागी ५८ जना मध्ये ४० जना मात्रै पास भएका आयोगले जनाएको छ । विज्ञापन नम्बर २०३ मा भने ६५ पदका लागि भएको विज्ञापनमा १ सय २४ जनाले लिखित परीक्षा दिएकोमा ८१ जना पास भएका छन् ।

यस्तै पश्चिमाञ्चलका लागि भएको विज्ञापन नम्बर २०२ का लागि १ सय २२ जना माग गरिए पनि लिखित परीक्षामा सहभागी ७९ जना मध्ये ५१ जना मात्रै पास भएका छन् । यही क्षेत्रको विज्ञापन नम्बर २०३ का लागि ८३ पदसंख्या माग भएकोमा १ सय ८५ लिखितमा सहभागी भएका र १ सय १ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

मध्य पश्चिमाञ्चलका लागि विज्ञापन नम्बर २०२ मा ६४ पदका लागि लिखितमा सहभागी भएका ३८ जना मध्ये २८ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ का लागि ४० पदमा ८२ जना लिखितमा सहभागी भएकामा ५० जना पास भएका छन् ।

विज्ञापन नम्बर २०२मा सुदुरपश्चिमका लागि ३० पदका लागि भएको परीक्षामा १४ जना लिखितमा सहभागी भएका मध्ये १० जना छनौट भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा १८ पदका लागि आयोग खुलेकोमा लिखितमा सहभागी ४० मध्ये २३ जना मात्रै छनौट भएका छन् ।

मध्यमाञ्चलका लागि विज्ञापन नम्बर २०१ मा २ पदका लागि भएको परीक्षामा १ जना लिखितमा सहभागी भएपनि पास हुन नसकेको आयोगले जनाएको छ । विज्ञापन नम्बर २०२मा ८१ पदका लागि ३० जनाले लिखित परीक्षा दिएए पनि १८ जना मात्रै पास भएका छन् । विज्ञापन नम्बर ३०३ मा ९२ पदका लागि १ सय ५० ले लिखित दिएकोमा ८९ जना मात्रै पास भएका छन् ।

पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको अन्तर्वार्ता पुस १२ र १३ गते, मध्यपश्चिमको ११ र १२ गते तथा सुदुरपश्चिमको ११ गते हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij