अंगिराको न्यायका लागि रुपन्देही जिल्ला अदालत अगाडि धर्ना

अंगिराको न्यायका लागि रुपन्देही जिल्ला अदालत अगाडि धर्ना

बुटवल – रुपन्देही देवदह ११ की १३ बर्षिय बालिका अंगिरा पासीको न्यायका लागि बुधबार पनि रुपन्देही अदालत अगाडि धर्ना सहित विरोध प्रदर्शन भएको छ । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले अंगिरालाई न्याय दिलाउनका लागि न्यायलयको ध्यानआर्कषण गराउन अदलात अगाडि धर्ना कार्यक्रम जारी राखेको हो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुभाएपछि अदालतमा मुद्धा पेश भइसकेको छ । बयान सकिएर थुनछेक बहसको पूर्वसन्ध्यामा जातीय भेदभावका कारण बलत्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गर्दै प्रदर्शन गरिएको हो । जातीय छुवाछुतका घटनामा अदलातले समेत न्याय नदिएकाले अंगिरालाई न्यनय दिलाउनका निम्ति ध्यानआर्कषण गराउन प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताए ।

सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरिसकेको छ । विरोध प्रदर्शनपछि आयोजित सभामा प्रदेश सांसद सन्तोष पाण्डे, पूर्व राज्यमन्त्री प्रकाश चित्रकार, जनता समाजवादी पाटीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, नेकपाका रुपन्देही सचिव निर्मल जिसि, दलित अगुवाहरु रवि विक, नेपाली काँग्रेसका नेता भरत केसी, जनमुक्ति पार्टीका यूवा नेता डिबि थापा, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, दलित मुक्ति मोर्चाका गणेश खाती, राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनेश्यवरी चौधरी, दलित अभियान्ता नर बहादुर सुनारले बोल्दै जातीय विभेदका आधारमा भएको घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

अंगिरा पासीको दलित भएकै कारण बलत्कारपछि हत्या भएकाले न्यायका लागि संघर्ष समिति निरन्तर आन्दोलनमा होमिएको छ । अंगिरा सहित देशैभर भएका जातीय विभेदका कारण भएको हत्या र हिंसाका विरुद्ध रुपन्देहीमा संघर्ष समितिले सडकमा विरोध प्रदर्शन एक महिनादेखि गर्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, असार १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij