रुपन्देही देवदहका अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश

रुपन्देही देवदहका अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश

बुटवल-रुपन्देही जिल्ला अदालतले देवदहकी १३ बर्षिय बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । विहिबार भएको थुनछेक बहसमा न्यायधिस कृष्ण प्रसाद पौडेलको एकल इजलासले प्रतिवादी देवदहका ११ का विरेन्द्र भर, आमा अकाली र ठूलीआमा शितलीलाई थुनामा राख्ने आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तीन जना विरुद्ध बलत्कार, जातीय भेदभाव र आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएको छ । बुधबार देखि थुनछेक बहस शुरु भएको थियो । वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बर प्रसाद काफ्ले, सहन्यायधिवक्ता विष्णु प्रसाद भट्टराई डिल्लिराज ज्ञवाली र कमल कोइराला थुनछेक बहसमा छन ।

देवदह ११ का २५ वर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्रसहित उनका आमा अकाली र ठूलीआमा शितलीले जातीय विभेद गरि अंगिरालाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्धा अदालतमा पेश गरेको हो । जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने विरेन्द्रको जिम्मा लगाइदिएपछि घटना भएको थियो ।

जातीय छुवाछुतको पृष्ठभूमिबाट सृजित अपराध भएको भन्दै स्वत स्फूर्त रुपमा काठमाडौंबाट समेत पीडितका तर्फबाट बहसमा भाग लिन अधिवक्ताहरु रुपन्देही जिल्ला अदालतमा आएका छन् । घटनामा संलग्नलाई कारवाही गर्न र न्यायको माग गर्दै ५ दिनदेखि भैरहवामा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका थिए । बिहीबार पनि जिल्ला अदालत अघि धर्नासहित अंगिराको न्यायको माग गरेको संयुक्त दलित संघर्ष समितिका सहसंयोजक बुद्धिराम हरिजनले बताए ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij