आज थप ५९३ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५

आज थप ५९३ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५

काठमाण्डौ -नेपालमा आज थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १०७ महिला र ४८६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये २४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन् ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसैगरी कोरोनाबाट ज्यान गुमाउनकाे संख्या २७ रहेकाे छ । शुक्रबार काेराेनाका कारण थप एकजनाकाे मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij