विश्वमा कोरोना : २४ घण्टामा ३ हजार ४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित

विश्वमा कोरोना : २४ घण्टामा ३ हजार ४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित

काठमाडौं-विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टमा १ लाख ६० हजार ३६३ जना संक्रमित भएको वल्डोमिटर्सले जनाएको छ ।

योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ८९७ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ ।

योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५२३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ५९ हजार ३८७ पुगेको छ ।

विश्वमा ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।

२४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ ।

त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ ।

२२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij