बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर मेसिन जडान गरिएको छ।पीसीआर मेसिन जडान भएसँगै प्रदेश ५ मा कोरोनाको परिक्षण तीब्र गतिमा बढ्ने अपेक्षा गरिएको छ। मेसिन जडान भएपछि अब कोरोना परिक्षण शुरु गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो।
एक करोड ३० लाख बराबरको उक्त पीसीआर मेसिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणका लागि पीसीआर मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारीहरु जोखिममा रहेका थिए।
मेसिन जडानपछि बिरामीहरुको पीसीआर परिक्षण गर्न सकिने र उपचारको लागि पनि ढुक्क हुने अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा। राजेन्द्र खनालले बताउनुभयो।
अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ।
यसका अलावा प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परिक्षण गरिने डा. खनालले बताउनुभयो । अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकोले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताउनुभयो।
प्रकाशित मिति : मंगलबार, असार १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्