JanataToday.com

Advertisment

SKIP THIS

सलहको नयाँ झुण्ड आउने सम्भावना

सलहको नयाँ झुण्ड आउने सम्भावना

काठमाण्डौ-भारतको भागलपुर तथा मोतिहारीमा रहेको सलहको झुण्ड दार्जिलिङतर्फ अघि बढेकोले त्यो झुण्ड नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ ।
केन्द्रले त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो । केन्द्रले निकालेको सूचनामा कतैबाट सलहको झुण्ड आइरहेको छ कि भनेर जानकारी लिइरहन र झुण्ड आएमा भाँडाकुँडा तथा बाजा बजाएर तथा आगो बालेर धुवाँ फैलाइ आफ्नो बालीनालीमा बस्न नदिन प्रयास गर्न अनुरोध गरेको छ ।
यसैबीच तराईको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झुण्डमा झण्डै २५ लाख सलह किरा रहेका छन् भने मकवानपुर प्रवेश गरेको झुण्डमा १० लाखभन्दा धेरै सलह रहेको केन्द्रले अनुमान गरेको छ ।
सलहले विभिन्न ठाउँमा मकै, केरा, तरकारीलगायतका बालीनालीमा क्षति गरेको पनि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij