देशैभर दलित समुदायमाथि भएकाे जातिय भेदभावका विरूद्व बुटवलमा विराेधसभा

देशैभर दलित समुदायमाथि भएकाे जातिय भेदभावका विरूद्व बुटवलमा विराेधसभा

वुटवल- देशैभर दलित समुदायमाथि भएको जातिय भेदभावका विरूद्व बुटवलमा विहिबार विरोधसभा भएको छ ।

संयुक्त दलित संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको उक्त सभालाई सम्बोधन गर्दै पूर्व साँसद विनोद पहाडिले दलित समुदाय माथि भएको विभेदका विरूद्व बर्तमान सरकार मौन रहेको बताउनुभयो ।

उहाँले रूपन्देहि देवदहकी अंगिरा पासिको बलत्कारपछि हत्या भएको घटनामा नाम चलेका वकिलहरूले ठूलो रकम लिएर बलत्कारीको पक्षमा लागेको आरोप लगाउनुभयो ।उहाँले कस्तो मुद्वामा लड्ने यो बिषयमा वकिलहरूले पेशागत नाममा मुद्वाको प्रकृतिलाई ख्याल गर्न सुझाव समेत दिनुभयो ।

रूकुममा अन्तर जातिय प्रेम गरेकै कारण हत्या गरिएका नवराज विक सहित ६ जना युवाहरूको हत्यामा संलग्नलाई छुटाउन चलखेल भएको बताउनुभयो ।

कार्यक्रममा पण्डित भिमनाथ पन्थिले हिन्दु धर्ममा कुनै विभेद नभएको बताउदै दलित समुदायमाथि ठूलो अन्याय भएको बताउनुभयो ।

कार्यक्रममा मुक्ति संगठनका प्रदेश ५ का संयोजक जोगलाल विक, समितिका संयोजक हरिओम विक, मगर संघका धनी आले, ईस्लाम खान, पंकज राई, कृष्ण मोक्तान, किसमत विक, पदम विक लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य रीता बुढाथोकि, देवराज सुनार र अनुपमा करारले विभेद विरूद्व रचना वाचन गर्नुभएको थियो
। कार्यक्रम सञ्चालन संयुक्त दलित संघर्ष समिति रुपन्देहीका सचिव पदम विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij