नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी खजुरा रोडमा पार्किङ गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेका छन् । साथै दुई वटा पसलमा पनि आगजनीको प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको छ ।
गएराति भएको घटनामा संलग्नको प्रहरीले पहिचान गर्न सकेको छैन । बन्द पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरु आतंकित भएका छन् ।
बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताए । उनले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भिरतापूर्वक नलिएको आरोप लगाए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेको बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्