कानपुरमा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, एसपीसहित आठको मृत्यु

कानपुरमा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, एसपीसहित आठको मृत्यु

भारत
एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि भारतको कानपुरमा अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको छ। घटनामा चार प्रहरी घाइते भएका छन्। कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। कानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा डेप्टी एसपी देवेन्द्र मिश्रासहित तीन सब इनिस्पेक्टर र चार कन्स्टेवल रहेका छन्। कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली बर्साएको थियो। दुवेको टाउकाको मोल प्रहरीले २५ हजार तोकेको थियो। जिल्ला पञ्चायतका पूर्व सदस्य दुबेविरुद्ध विभिन्न ५३ अभियोग रहेको कानपुर प्रहरीको भनाइ छ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij