बुटवल,नेपाली कांग्रेस तिलाेत्तमा नगर समितिले तिलोत्तमा नगर भित्र शान्ति र अमनचयनको वातावरण कायम राख्न नगरपालिका समक्ष माग गरेकाे छ ।
गत बिहिबार राती बुटवल बेलहिया सिक्सलेन सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाकाे मणिग्राम नँयामिल क्षेत्रमा सडकका डिभाइडरमा हुर्किदै गरेका कलिला बोट बिरुवाहरू काटिएको घटनाप्रति पार्टीको गम्भिरतापुर्वक ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले नगर भित्र शान्ति र अमनचयनको वातावरण कायम राख्न नगरपालिका समक्ष माग गरेकाे छ ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डेले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि सडककाे बिचभागमा सोही क्षेत्रमै रहेका बुद्धमुर्ती तोडफोडकाे घटना भएको एक बर्ष बित्न नपाउदै बुटवल बेलहिया व्यापारिक मार्ग आयोजनाले केहि बर्ष अघि रोपेका स्टोनियाका विरुवाहरु एकाएक काटिनु निकै दुखद र निकै निन्दनीय घटना भएको जनाएका छन् ।
यसरी सार्वजनिक सम्पतिको सृंखलाबद्ध रुपमा गरिएको क्षति र नगरको सुन्दरता माथि लगातार प्रहार भईरहदा पनि स्थानिय सरकार घटनाको दोषिकाे खोजविन गरि कारवाहीको दायरामा ल्याउन उदासीन हुनुले अपराधिक मनसाय भएका मानिसहरुको मनोबल उच्च भई नगरभित्र अपराधिक गतिविधि बढ्ने सम्भावना बढ्दै गएको भन्दै विज्ञप्तिमा सार्वजनिक सम्पतिको तोडफोड र क्षति गर्ने कार्यमा संलग्न दोषिलाई यथाशक्य छिटो छानबीन गरि कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष आग्रह गरिएको छ ।
नगरको मुख्य चोक तथा सडकहरूमा सिसिटिभि क्यामेरा जडान गर्नुका साथै नगरभित्र प्रहरी र नगर प्रहरीहरुकाे रात्रि गस्ती बढाइ तिलोत्तमामा शान्ति र अमनचयनको वातावरण कायम राख्न कांग्रेसले नगरपालिका समक्ष जोडदार माग गरेकाे छ ।
प्रकाशित मिति : शनिबार, असार २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्