सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक थप छलफल पछि बस्ने भन्दै बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिए ।
जारी स्थायी समिति बैठकमा बोल्ने सदस्यहरुले प्रधानमन्त्रीको राजिनामा मागेपछि नेकपा फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा नदिने अडानमा छन । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नु पर्ने पक्षमा छन् ।
शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल भए पनि सहमति भएको छैन । आइतबार प्रचण्ड र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । साेमबार पुन छलफल हुने बताइएकाे छ ।
छलफलमा पार्टी नफुटाउने सहमति भएको थियो । बिहीबारकाे छलफल पछि स्थगित बैठक तेस्राे पटक स्थगित भएकाे हाे ।
प्रकाशित मिति : सोमबार, असार २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्