नेपालका ४ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश १ तीन र कर्णाली प्रदेशका १ जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन ।
प्रदेश १ को तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका हाे ।
प्रदेश १ को भोजपुरमा ६ जना, सोलुखुम्बुमा १ जना र तेह्रथुमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै डिस्चार्ज भइसकेका छन ।
नेपालका ७७ मध्ये मंगलबारबाट ४ जिल्ला कोरोना मुक्त बनेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।
प्रकाशित मिति : मंगलबार, असार २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]