नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चन गाउकार्य समितिको दोश्रो गाउ परिषद

नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चन गाउकार्य समितिको दोश्रो गाउ परिषद

कञ्चन-नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चन गाउकार्य समितिको दोश्रो गाउ परिषद कञ्चन ४ स्थित बहुउद्धेश्य सभाहलमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चन गाउकार्य समितिको दोश्रो गाउसभामा बिधालय तहमा रहेका सामुदायिक बिधालयमा अध्यापनरत शिक्षक तथा शिक्षिकाहरुको हकहित र बिधालय तहमा गुणस्तरिय शिक्षाको लागि शिक्षक तथा शिक्षिकाहरुको भुमिका महत्वपुर्ण हुनेबारे बक्ताहरुले धारण ब्यक्त गरेका छन।
नेपाल राष्ट्रिय शिक्षक संगठन,जिल्ला कमिटी रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि काशिराम पोख्रेलले पेशाको मर्यादालाई जिवित राख्न शिक्षकहरुले बिधालयमा अध्यापन गर्ने अनिवार्य कर्तब्यलाई बिर्सन नहुने उल्लेख गर्दै बिधालय तहको शिक्षालाई गुणस्तर बनाउन र बिधार्थीहरुको सुन्दर भबिष्यको जग बसाल्ने जस्तो महत्वपुर्ण कार्य शिक्षकहरुको नै पहिलो हात भएको बताउनु भएको छ । कञ्चन गाउपालिकाका अध्यक्ष तथा बिशिष्ट अतिथि गोकर्ण बहादुर क्षेत्रीले शिक्षण पेशामा लामो समय आवद्ध भई कार्य गर्दै आएको र शिक्षकहरुको मर्म र पिडा आफुलाई थाहा भएकोले पनि आफु स्थानिय तहको सरकार प्रमुखको नाताले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि फरक हुने बताउनु भएको छ । अव कञ्चनको शिक्षा कस्तो बनाउने भन्ने बहस र कार्यन्वयन गर्ने पनि हाम्रै हातमा रहेकोले शिक्षण पेशामा रहेर काम गर्नु भएका शिक्षकहरुले औपचारिक मात्र नभई अनौपचारिक रुपमा पनि सल्हाह सुझाव दिन आग्रह गर्दै सामुदायिक बिधालयहरुको शैक्षिक स्तरलाई गुणस्तर र प्रतिस्पर्धात्मक बनाउन योजनाबद्ध रुपमा लाग्नु पर्ने कुरामा अध्यक्ष क्षेत्रीले जोड दिनु भएको छ। श्रोत साधन सम्पन्न भएर मात्र शैक्षिक गुणस्तर बनाउन नसकिने बताउदै आफ्नो बिधालयमा भएको श्रोत साधनलाई नै उपयोग गरेर शिक्षण गर्नु पर्ने समेत बताउनु भएको छ।
नेपाल शिक्षक महासंघ,कञ्चन गाउपालिका गाउ कार्य समितिका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन,जिल्ला समिति रुपन्देहीका सदस्य मेघनाथ शर्माले कति पय बिधालयहरुले लकडाउनले पारेको समस्या देखाउदै निजी श्रोतका शिक्षक शिक्षिकाहरुलाई बिस्थापन गर्ने कार्य भैरहेकोले सो कार्यको महासंघ आपत्ती जनाउदै बिधालय तहको शैक्षिक गुणस्तर निर्माणको लागि शिक्षक,बिधार्थी र अभिभावकको बरोबर दायित्व र जिम्मेवार हुने भए पनि शिक्षक बढी सम्बेदनशिल र अझ जिम्मेवार बन्नु पर्नेमा अध्यक्ष शर्माले जोड दिनु भएको छ ।
संगठनको दोश्रो गाउ परिषदमा संगठनको तर्फबाट कुनै पनि बहानामा कुनै पनि निजी श्रोतमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई बिस्थापन गर्न नपाइने कुनै पनि बिधालयले निजी श्रोतका शिक्षक तथा शिक्षिकाहरुलाई बिस्थापन नगर्न नगराउनका लागि महासंघले पहल गर्नु पर्ने माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चन गाउ कार्य समितिका अध्यक्ष लिलाधर शर्माले नेपाल शिक्षक महासंघ,कञ्चन गाउकार्य समितिका अध्यक्ष मेघनाथ शर्मालाई ज्ञापन पत्र दिनु भएको छ ।
संगठनका अध्यक्ष लिलाधर शर्माको अध्यक्षतामा सम्पन्न भएको परिषदमा उपाध्यक्ष सरला ढकालले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सचिव बिष्णु प्रसाद अधिकारीको संचालन गर्नु भएको थियो । संगठनका अध्यक्ष लिलाधर शर्माले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संगठनका जिल्ला सदस्य कृष्ण प्रसाद ज्ञवालीले समेत बोल्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij