भैरहवा – पोखाराको लामाचौर स्थित गण्डकी बोर्डिङ्ग स्कूलका पूर्व विद्यार्थीहरुको संगठन इग्बोसा काउनसीलले लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा खाद्य तथाा कोरोना—१९ बिरुद्धका स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ । नगरपालकिाका महिलाबार, लुम्बिनी बजार तथा मधुबनी बजारमा अति बिपन्नलाई प्रतिपरिवार पच्चीस किलो चमाल, दाल, नुन तथा तेल लगायत सामानहरु प्रदान गरेको हो । त्यसै गरी संस्थाले इलाका प्रहरी कार्यालय लुम्बिनी, वार्ड नं. १० स्थित मधुबनी स्वास्थ्य चौकी र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सुरक्षार्थ खटिएका प्रहरी जवानहरुलाई पीपीइ, सेनिटाइजरस्ट्याण्ड, सेनिटाइजर तथा मास्क वितरण गरेको हो ।
संस्थाले वितरण गरेको खाद्य तथा स्वास्थ्य सामाग्रीको कुल मुल्य १ लाख रहेको जनाएको छ । सो बोडिङ्ग स्कूलमा एसएलसीसम्म अध्ययन सकी स्वदेश तथा विदेशमा छरिएर रहेका विद्यार्थीहरुले संकलन गरी पठाएको रकमबाट रु ७८ हजार रकमबाट प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, खानेतेल लगायत रु १८ सय बराबरको खाद्य सहयोग र रु २२ हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष हिराबहादर शाहको विशेष सहयोग रहेको थियो । कार्यक्रममा क्लका अधिकांश सदस्यहरु तथा गण्डकी बोर्डिङ्ग स्कुलका पूर्व विद्यार्थीहरु दीपक विश्वकर्मा(छविलाल), सुदर्शन पौडेल, अभिषेक श्रेष्ठ र सुवास प्रधान लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्